Rule 21
निरीक्षण पुस्तिका राख्नु पर्ने
मदिरा उत्पादन गर्ने इजाजतपत्रवालाले डिष्टिलरी वा ब्रुअरीमा विभागले तोके बमोजिमको एउटा निरीक्षण पुस्तिका राख्नु पर्नेछ । अन्तशुल्क अधिकृत वा निजले खटाएको कर्मचारीले डिष्टिलरी वा ब्रुअरी निरीक्षण गर्दा निरीक्षण मिति, समय र मदिरा उत्पादन प्रक्रियामा सम्बन्धमा देखेको त्रुटि सम्बन्धी सबै कुरा सो पुस्तिकामा लेख्नु पर्नेछ ।